Home / Nepal / News / झापाका थप एक व्यक्तिमा काेराेना भाइरस पुष्टि, संक्रमितकाे संख्या ५२ पुग्यो

झापाका थप एक व्यक्तिमा काेराेना भाइरस पुष्टि, संक्रमितकाे संख्या ५२ पुग्यो

बिराटनगर । झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे छ ।

अाइतबार विराटनगरस्थित काेशी अस्पतालमा भएकाे परीक्षणमा ५० वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । 

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । यीमध्ये १६ जना निकाे भएर घर फर्किइसकेका छन् ।  

यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *