Home / World News / चिनियाँ कमाण्डर भन्छन् : एलएसी पार गरेर जानाजान हामी माथि हमला भयो

चिनियाँ कमाण्डर भन्छन् : एलएसी पार गरेर जानाजान हामी माथि हमला भयो

काठमाडौं । चिनियाँ सेनाका कमाण्डरले विवादित लद्दाख क्षेत्रमा भएको भिडन्तको बारेमा मुख खोलेका छन्।

पीपल्स लिबरेशन आर्मी (पीएलए)का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चांग शुइलीले भारतले कडाईका साथ आफ्नो सैनिकलाई रोक्नुपर्ने र विवाद अन्त्य गर्नका लागि संवादको बाटोमा अगाडि बढ्नुपर्ने सन्देश पीएलएको आधिकारिक वीबो अकाउन्टमा पोस्ट गरिएको चीनको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ ।

उक्त पोस्टमा चांगले भनेका छन, ‘भारतीय सैनिकले आफ्नो प्रतिबद्धताको उल्लंघन गरेका छन्।

र एक पटक फेरि एलएसी पार गरे। जानाजान चिनियाँ बललाई उक्साएर उनीमाथि हमला गरे।

यसमा दुबै पक्षमा आमने(सामने झडप भयो र यहीँ हताहतको कारण बन्यो।

म माग गर्छु कि भारत आफ्ना सैनिकलाई कडाईका साथ रोकोस र वार्ता र सम्वादका माध्यमबाट विवाद सुल्झाउनुपर्छ।’

चिनियाँ सेनाले यो घटनामा कति चिनियाँ सैनिक मरे भन्ने खुलाएको छैन।

एएनआइले जनाईएअनुसार भारतले भने चीनतर्फ ४३ जना चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *