काठमाडौं । देशैभर कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी पीसीआर विधिबाट नौ हजार नौ सय ३१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशैभर आरडीटी र पीसीआर विधिबाट ५३ हजार ६७ जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको जानकारी दिए ।






