Home / Nepal / News / सिंहदरबारमा पेस्तोल जाँच गर्ने क्रममा एक राउन्ड गोली फायर

सिंहदरबारमा पेस्तोल जाँच गर्ने क्रममा एक राउन्ड गोली फायर

काठमाडौं : सिंहदरबारभित्र ड्युटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा आज मध्याह्नमा एक राउन्ड गोली फायर भएको छ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो। संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *