Home / Nepal / दसैं–तिहार लक्षित सुरक्षाका लागि ४० हजार प्रहरी

दसैं–तिहार लक्षित सुरक्षाका लागि ४० हजार प्रहरी

काठमाडौं : दसैं–तिहारको समयमा नेपाल प्रहरीले देशभर करिब ४० हजार प्रहरी खटाइएको छ। दसैं तिहारमा हुने चोरी, डकैती तथा अपराधजन्य विकृती न्यूनीकरण गर्न सुरक्षा योजना बनाएर ठूलो संख्यामा प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार चाडपर्वको बेलामा हुने गतल क्रियाकलापहरु हुन नदिन देशभरका प्रहरी युनिटलाई निर्देशन दिइएको छ । ‘‘चाडपर्व मनाउने बेलामा विभिन्न किसिमका विकृती विसंगति हुने गर्छन् । दसैंको बेलामा सार्वजनिक सवारीमा बढी भाडा असुल्ने, जुवातास खेल्ने, चिट्ठा उपहार कार्यक्रमहरु मार्फत ठुलाठुला घटना घट्ने उदाहरणहरु छन् । मदिरा सेवन गरी सवारी साधन चलाउने, टिकट सकिएको बहाना बनाएर यात्रुलाई बढी भाडा असुल्ने, यात्रुलाई दुव्यवहार गर्नेलगायतलाई प्रहरीले कारबाही गर्दै आएको छ,” प्रवक्ता कुँवरले भने, ‘‘देशभर अत्याधिक मात्रामा प्रहरी खटाएका छौँ।”

पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर गाडिभाडा नबढाएको भन्दै सार्वजनिक सवारी साधनहरुले बढी भाडा असुल्दै आइरहेका छन् । छोटो र लामो दूरीका सार्वजनिक सवारी साधनमा भइहेको चर्को भाडा असुलीका कारण सर्वसाधारण मारमा परेका छन् । यस विषयमा प्रवक्ता कुँवर भन्छन्, ‘‘यस्ता सार्वजनिक यातायात माथि कडा अनुगमन भइरहेको छ । देशभरका विभिन्न क्षेत्रमा यात्रु सहायता कक्ष राखेका छौँ । मुख्य चोक नाकामा भाडा अनुगमन टोली खटाएका छौँ । यस्ता क्रियाकलाप गरी यात्रुलाई मारमा पार्ने सवारी साधनलाई कारबाहीको दायरा बढाएका छौँ ।” प्रहरीले गत वर्षभन्दा यसवर्षको प्रहरी सुरक्षा कडा पारिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *