Home / Nepal / १६ हजार नमुना परीक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण

१६ हजार नमुना परीक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड–१९ संक्रमित थपिएका छन्। १६ हजार ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।

यो अवधिमा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *