काठमाडौं : काठमाडौंको गोठाटारबाट एक ट्रक पटाकासहित गए राति एकजना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले प्रदेश नम्बर–२ बाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका लुकाएर ल्याइएको थियो।
महाशाखाले यसबारे पत्रकार सम्मेलन गरेर मात्रै औपचारिक कुरा बाहिर ल्याउने जनाएको छ ।






