काठमाडौं : नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। उनी शेखर कोइराला निकट हुन्।
चापागाईंले २१२ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६४ मत प्राप्त गरे ।
पराजित न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् । सभापतिका उमेदवार कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे।






