Home / Society / किन रोकीयो बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाइ उडान भर्न यस्तो छ कारण

किन रोकीयो बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाइ उडान भर्न यस्तो छ कारण

काठमाडौं: गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गराएका बुद्धएयरका विमान चालक आङ्गेलु शेर्पालाइ नागरिक उड्‍डयन प्राधिकरणले उडान भर्न रोक लगाएको छ।

नागरिक उड्‍डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्री का अनुशार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट लाइने नियम अनुशार नै शेर्पालाइ उडान भर्न रोक लगाइएको हो।

७३ यात्रु सवार उक्त जाहाज गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *