Home / Nepal / News / इलामको गाउँपालिकामा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

इलामको गाउँपालिकामा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

दमक : इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ।

वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषारूपमा राखिने उनले बताए।

लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए।

सो घोषणा कार्यक्रममा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहाल, माङसेबुङ इलाम वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, चुलाचुली शिक्षा प्रमुख राममिश्र, वडा नं २ का अध्यक्ष रणबहादुर लिम्बू, श्रीजङ्घा लिपिका भाषाविद् तथा साहित्यकार ज्ञानोदय लावतीलगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *