काठमाडौं : काठमाडौं जिल्लामा कोभिड–१९ विरुद्धको खोप आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसर तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने छ।
खोप प्रदान गर्न काठमाडौंका सात अस्पताल र १२ वटै पालिकामा केन्द्र तोकिएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।






