विराटनगर : इटहरी उपमहानगरपालिकाको चार वर्षको अवधिमा नगर क्षेत्रभित्र ४० किलोमिटर सडकहरूमा ब्लक ओछ्याउने काम सम्पन्न भएको छ।
चालु आर्थिक वर्षभित्र थप १० किलोमिटर भित्री सडकहरूमा ब्लक ओछ्याइने मेयर द्वारिकलाल चौधरीले जानकारी दिए। खासगरी भित्री सडकमा ब्लक बिछ्याउने कार्यले बस्तीको सौन्दर्यसमेत बढेको उपमहानगरको दाबी छ।
उपमहानगर कार्यालयको योजना शाखाका अनुसार सहरी क्षेत्रका ८१ वटा साना पुल र कल्भर्ट निर्माण सम्पन्न भएका छन्। चारवाट ठूला पुल निर्माण प्रक्रियामा छन्।
विश्व बैंकको लगानीमा एक अर्ब ३७ करोड रुपैयाँ बराबरको परियोजना सञ्चालन हुन लागेको पनि कार्यालयले जनाएको छ । यसको सम्झौता भइसकेको मेयर चौधरीले बताए ।
आठवटा वडा कार्यालय भवन निर्माण र १४ वटा स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सुरु गर्ने उपमहानगरको तयारी छ । तीनतले इटहरी अस्पताल भवन निर्माण हुने र यसमा २३ कोठा, इमन्रजेन्सी ब्लक पनि बन्ने बताइएको छ।






