भक्तपुर : कवि/कथाकार सुरेन्द्रलाल भुजूको कवितासंग्रह ‘धमिलो बिहान’ सार्वजनिक भएको छ।
सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले काव्यकृति विमोचन गरे ।
विमोचन मन्तव्य दिँदै उपाध्यायले मानवीय भावना र संवेदनाका साथै बौद्धिकता पनि मिसिएको कविता प्रभावकारी हुने उल्लेख गरे ।
कथाकार ध्रुव मधिकर्मीले काव्यकृतिमाथि टिप्पणी गर्दै पाठकका लागि प्रकाशित कृति रुचिकर हुने बताए।






