काठमाडौं : बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ।
सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीमाथि पहिरो पीडित एक युवाले पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापनको पहल उपमहानगरपालिकाले नगरेको भन्दै मुक्का प्रहार गरेका हुन्।
पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।
मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए।






