बैतडी : बैतडी जिल्लामा भे१च १११६ नं को बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको जिप आज दुर्घटना भएको हो।
घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन्।
जिपको ब्रेक फेल भएर पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।






