Home / Nepal / News / सुर्खेतमा कस्तुरीको बिना सहित दुई जना पक्राउ

सुर्खेतमा कस्तुरीको बिना सहित दुई जना पक्राउ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका, १२ बाट कस्तुरीको बिनाजस्तो देखिने सुगन्धित दुई थान कालो डल्लासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका ६० वर्षीय रणबहादुर बोहरा छन्।

होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *