Home / Nepal / कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं : कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ।

परीक्षा बिहान ११ बजेबाट सुरु हुनेछ। परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी हुने छन्।

यसअघि बोर्डले जेठ २६ र साउन ३१ देखि परीक्षा गर्ने भने पनि कोरोना संक्रमणको त्रासका कारण स्थगीत भएको थियो।
यसैबीच, बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *