Home / Nepal / News / प्रभु क्यापिटलले ‘प्रभु लिटल च्याम्प पीएमएस’ योजना सञ्चालन गर्ने

प्रभु क्यापिटलले ‘प्रभु लिटल च्याम्प पीएमएस’ योजना सञ्चालन गर्ने

काठमाडौं : प्रभु क्यापिटल लिमिटेडले महिला लगानीकर्ताहरूलाई लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजना सुरु गरेको छ। साथै, प्रकारका लगानीकर्ताहरूको लागि प्रभु स्मार्ट पीएमस योजना सञ्चालनमा रहेको पनि जनाएको छ ।

यसैगरी, क्यापिटलले भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिका लक्षित प्रभु लिटल च्याम्प पीएमएस योजना ल्याएको छ । यो योजना क्यापिटलले भर्खरै जन्मिएका शिशुदेखि १६ वर्षसम्मका बालबालिकाका लागि ल्याएको हो।

यो योजनामा पीएमएस सेवा लिनको लागि जोडिएपश्चातु क्यापिटलले एउटा पीएमएसबापत एकजना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने जनाएको छ।

न्यूनतम लगानी अवधि पाँच वर्ष रहेको यो योजनामा हर्डल रेट ८ प्रतिशत रहेको जनाइएको छ । यस्तै, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि पाँच वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशतलगायत विशेषता रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *