गोदावरी : कैलालीमा विङ्गर र अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा गए राति म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोकिएको थियो।
दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ।
विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल घाइते भएका छन् । विङ्गर चालक भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।






