Home / Politics / महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन

महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ। उनको निधनमा आज एक दिन शोक बिदा दिएको छ।

विसं २०१३ पुस १४ गते जन्मिएका श्रेष्ठको ६५ वर्षको उमेरमा निधन भएको हो।

श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो। उपचारकै क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।

उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उनको शव आज बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए ।

पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी भएका थिए। उनका श्रीमती, तीन छोरी र एक छोरा छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *