Home / Nepal / News / पर्वतका विभिन्न ठाउँमा पहिरो जाँदा पाँचको मृत्यु

पर्वतका विभिन्न ठाउँमा पहिरो जाँदा पाँचको मृत्यु

पोखरा : पर्वतका विभिन्न ठाउँमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ।

लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका-३, दुर्लुङमा १३ वर्षका बिनिता पौडेल र १५ वर्षका बिमला पौडेलको मृत्यु भएको हो।

यस्तै, कुश्मा-११, सिल्मिमा ३५ वर्षका एक महिला र उनका छोरा गणेश पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार कुश्मा-३ मा अन्दाजी ४५ वर्षका फुलमाया थापाको पनि मृत्यु भएको छ ।

हराइरहेका दुईजनाको खोजी भइरहेको बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *