Home / Nepal / News / चितवनमा ३ लाख १७ हजार नगदसहित सात जुवाडे पक्राउ

चितवनमा ३ लाख १७ हजार नगदसहित सात जुवाडे पक्राउ

चितवन : चितवनमा ३ लाख १७ हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित पश्चिम रामपुरका मेखबहादुर तामाङ, सोही ठाउँका लक्ष्मण श्रेष्ठ, बद्री लामा, राजकुमार शाही, बुद्धिराज महत्तो, घरबेटी धिरेन्द्र हमाल र वडा नम्बर १९ का हिमाली गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले नगद ३ लाख १७ हजार ४५५ रुपैयाँ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, चितवनबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको अधिकारीले बताए ।

उनीहरुलाई घरबेटी हमालको घरमा बुधबार जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *