Home / Nepal / News / नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी पक्राउ

नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी पक्राउ

काठमाडौं : प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ।

दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी अफ्रिकन नागरिक ३० वर्षकी श्रिले गामाले नेपालमा कोकिन ल्याएकी थिइन्।

उक्त लागुऔषध लिन काठमाडौं आएका भारतका विजय सिंहलाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अर्का कारोबारी तान्जानीयाकी नागरिक गेरट्रुड लियोनार्द किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ गरिएको छ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।

त्यसैगरी खैरो हिरोइनसहित काठमाडौंबाट सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राजेन्द्र राना, पिटर लामा मन्दिप शर्मा, सागर श्रेष्ठ, अकलेश यादव, गोकुल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कतार लैजान लागेको अवस्थामा ८ सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *