काठमाडौं : आजबाट क्रमशः पानी पर्नेक्रम केही कम हुदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन्।
मौसमविद्का अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
पहिरोको सम्भावना भने कायम नै रहेको उनको भनाइ छ । लामो समय निरन्तर पानी परेकाले अब सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने उनी बताउँछन् । निरन्तरको वर्षाले गलेको जमिन सामान्य पानी पर्दा पनि बग्नसक्ने उनको भनाइ छ । त्यसैले सतर्क हुनु पर्ने अवस्था रहेको मौसमविद् प्रधानाङ् बताउँछन् ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनि प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।






