Home / Nepal / बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज डिप्रेसनमा

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज डिप्रेसनमा

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू एक समय डिप्रेसनको सिकार भएको खुलासा गरेकी छिन्।

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा ऊनले आप्नो बारेमा धेरै थरिका अफवाह सामाजिक सञ्जाल तथा मिडियामा फैलिइरहने गरेका कारण आफू डिप्रेसनमा फसेको बताएकी छिन्।

‘यस्तो बेला मानिसहरुले आप्नो बारेमा के सोचिरहेका होलान् भन्ने कुराले पनि चिन्तित बनाँउँछ’ उनले भनेकी छिन्। ज्याकलिनले आफूले यो समस्याको लागि थेरापिस्टको सहयोग लिनुपरेको पनि बताएकी छिन्।

‘म आप्नो समस्याहरु थेरापिस्टलाई बताउँछु। मसँग यहाँ कोही थिएन। त्यो बेला लामो समयसम्म एक्लै बसेकी थिएँ। तर जब मेरो साथ मानिसहरु हुन्छन्, मलाई शान्ति मिल्छ’ उनको भनाइ छ।

ज्याकलिनले भारतमा कोरोना भाइरससम्बन्धी फैलिएका अफवाह रोक्न तथा कोरोना प्रभावित मानिसको सहयोगको लागि प्रभावकारी रूपमा पहल गरिरहेकी छिन्। जुन कामको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *