काठमाडौं :बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधिश सुवेदीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगमा सूचना तथा सञ्चारमन्त्रीसमेत भइसकेका पूर्व कानुनसचिव माधव पौडेल अध्यक्ष थिए । पौडेललाई पूर्ववर्ति केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थियो ।






