Home / Nepal / News / शुक्रबारदेखि काठमाडौंमा १८ वर्षमाथिका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाउने

शुक्रबारदेखि काठमाडौंमा १८ वर्षमाथिका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाउने

काठमाडौं : काठमाडौं महानगरले शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई काेराेनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएकाे छ।

बिहीबार महानगरले शुक्रबारदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरूलाई खोप दिइने जनाएकाे हाे ।

यस्तै शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएकाे छ।

महानगरका अनुसार खाेप अभियान महानगरका ३२ वटै वडामा भदाै ४, ५, र ८ गते सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *