Home / Sports / वायर्न म्युनिखलाई जर्मन सुपर कपको उपाधि

वायर्न म्युनिखलाई जर्मन सुपर कपको उपाधि

काठमाडौं : वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न च्याम्पियन बन्यो। जर्मन च्याम्पियन वायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो।

वायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। थोमस मुलरको नाममा एक गोल रह्यो।

यता, डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए। लेवान्डोस्कीले खेलको ४१ औं मिनेटमा गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ४९ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे। ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३–१ को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *