काठमाडौं : सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन भदौ १ (मंगलबार)बाट सुरु भएको छ। भदौ १ गते बाट सुरु भएर भदौ ३१ सम्म अडिसन दिन मिल्ने निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षका अनुसार अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ। र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने छ।
डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ। डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन्।
‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन। यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन्।






