Home / Nepal / News / आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा मनसुन थप सक्रिय भएको छ। आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *