Home / Nepal / काठमाडौँ परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौँ परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौँ । काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाका एसएसपीहरुको सरुवा गरिएको छ।

काठमाडौँ प्रहरी परिसरको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीले पाएका छन् भने अपराध महाशाखाको नयाँ जिम्मेवारी एसएसपी दीपक थापालाई दिइएको छ।

परिसरका प्रमुख उत्तम सुवेदी डिआईजीमा बढुवा भएर सुदुर पश्चिम प्रदेशको प्रहरी प्रमुखमा प्रतिस्थापन भएपछि ज्ञवालीलाई त्यहाँ पठाइएको हो। उनी वर्तमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीका भाइ हुन्।

ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए। यसअघिका अपराध महाशाखा प्रमुख सहकुल बहादुर थापा डिआईजीमा बढुवा भएर केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रतिस्थापन भएपछि थापालाई यहाँको अपराधको महाशाखाको जिम्मेवारी दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *