Home / Nepal / News / पाल्पामा स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

पाल्पामा स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

पाल्पा : पाल्पामा बाबुले जङ्गली स्याललाई भरुवा बन्दुक हान्ने क्रममा अचानक छोरालाई गोलि लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरी रहेका छन्।

बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *