Home / Nepal / News / संखुवासभामा सुरुङभित्र ढुंगा खस्दा एकजना गम्भीर घाइते

संखुवासभामा सुरुङभित्र ढुंगा खस्दा एकजना गम्भीर घाइते

किमाथांका : संखुवासभाको मकालु गाउँपालिका–५, ड्यामसाइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुंगा खस्दा एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाका अनुसार घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इन्जिनियर ताबु ताजी रहेका छन्।उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *