Home / Nepal /

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज विभिन्न नदीमा पानीको बहाव बढ्ने छ। कर्णाली ,कोशी र यसका सहायक नदीहरु कन्काई, कमला, वाग्मती तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने छ।

नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै रहने विभागको पूर्वानुमान छ।

प्रदेश १ को इलाम, तेह्रथुम,संखुवासभा , सोलुखुम्बु, धनकुटा प्रदेश २ को बारा, वाग्मती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोकका नदी तथा खोलामा पानीको बहाव बढ्ने छ।

विभागका अनुसार आज गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलबस्तु तथा कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *