काठमाडौं : सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ ।
सुनसरी प्रहरीका अनुसार काेशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएकाे हाे।
विहान उठेर शाैचालय गएका खत्वेलाई आरक्षबाट निस्केकाे हात्तीले लखेटेर ज्यान लिएकाे हाे। मृतककाे शव पाेष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएकाे छ ।





