Home / Nepal / News / पर्बतमा छाेरीलाइ बलात्कारगरेकाे आराेपमा बुवा र अंकल पक्राउ

पर्बतमा छाेरीलाइ बलात्कारगरेकाे आराेपमा बुवा र अंकल पक्राउ

पोखरा : पर्बतमा १६ बर्षकी किशोरीलाई जबर्जस्ति करणी गरेको आरोपमा बाबू र अन्कल पक्राउ परेका छन्।

पक्राउ पर्नेको नाम र स्थान प्रहरीले गोप्य राखेको छ। पीडितले प्रहरीलाई दिएको बयान अनुसार गत जेठ ७ गते बाबुले जबरजस्ती करणी गरेका थिए भने अंकलले सोही महिनाको २३ गते जबरजस्ती करणी गरेका थिए ।

पीडकको उमेर १६ वर्ष भयो। आमाको निधन भइसकेको छ। १६ वर्षीय ती किशोरीको संरक्षणको जिम्मा बाबुमा सरेको छ। तर, बाबुबाट अभिभावकत्व पाउनु त कता हाे कता बरु दर्दनाक पीडा पाइरहेकी छन्। बाबुमात्रै होइन, ती किशोरीलाई अंकलले पनि थप पीडा दिएका छन्।

घटना दोहोरिएपछि डराएकी बालिका विभिन्न माध्यमबाट दुई महिनापछि प्रहरी सम्पर्कमा पुगेकाे बताइएकाे छ। उनका दाजुले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

“घटना निकै दर्दनाक छ। गत जेठ र साउनमा गरेर पालैपालो बलात्कार गरेका रहेछन्। घरायसी अवस्था निकै नाजुक छ,”
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजेन्द्र अधिकारीले भने ।

पीडकलाई जबरजस्ती करणी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *