काठमाडौं : काठमाडौंबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चारजनालाई हिजो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–२२, गडवहालस्थित तरुणको तनुज इन्टरनेसनल प्रालिमा अवैध रकम संकलन गरिराखेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।






