Home / Nepal / धनुषामा करेन्टलागेर दुई जनाको मृत्यु

धनुषामा करेन्टलागेर दुई जनाको मृत्यु

जनकपुर : धनुषामा क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *