Home / Nepal / News / प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं : आज विहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो काठमाडौंलगायत केही स्थानमा सामान्य वर्षाको सम्भावना छ। तर, भारी वर्षाको सम्भावना भने आज दिउँसो कुनै पनि प्रदेशमा हुने छैन देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासी भन्छिन्।

उनका अनुसार आज राति प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *