काठमाडौं : टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल काठमाडौंको वनस्थली बस्ने २४ वर्षीय सञ्जय तामाङ र नुवाकोटकै तादी गाउँपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर–६ बस्ने ३२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन्।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्जमा बुझाएको महाशाखाले जनाएको छ।





