Home / Sports / एउटै परिवारका ३० जोडी दाजुभाइ दिदीबहिनीले प्रतिस्पर्धा गर्दै ओलम्पिकमा

एउटै परिवारका ३० जोडी दाजुभाइ दिदीबहिनीले प्रतिस्पर्धा गर्दै ओलम्पिकमा

टोकियो : हाल जारी २०२० टोकियो ओलम्पिकमा एउटै परिवारका ३० जोडी दाजुभाइ र दिदीबहिनीहरुले प्रतिस्पर्धा गरिरहेका छन्, जसमध्ये केही पदक पनि हात पारिसकेका छन्।

यसअघि जापानका दाजु बहिनीको जोडीले एकै दिन जुडोमा स्वर्ण पदक हासिल गर्दै सबैलाई आश्चर्यमा पारेका थिए। त्यस्तै बिहीबार क्रोएसियाका दाजुभाइ मार्टिन सिनकोभिक र भेलेन्ट सिन्कोभिकले पनि पुरुषतर्फको ‘रोइङ’ खेलमा स्वर्ण जितेका हुन् ।

यता, अमेरिकाबाट पनि सात जोडी र बेलायतबाट नौ जोडी त्यस्ता एकै परिवारका दाजुभाइ दिदीबहिनीले सहभागिता जनाएका छन् ।

बेलायतका जुडुवा दिदीबहिनी जेनिफर र जेसिकाले जिम्न्यास्टिकमा ब्रोन्ज प्राप्त गरिसकेका छन् । उनीहरु नेदरल्यान्ड र इटलीका आफूजस्तै अर्का दुई जुडुवा दिदीबहिनीको जोडीसँग पनि प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै क्रोएसियाका दाजुभाइले पनि ‘सेलिङ’ मा टर्कीका दाजुभाइको जोडीसँग खेल्नेछन् ।

यसरी विश्वभर विभिन्न देशबाट एकै परिवारका सदस्यहरुले खेलमा प्रतिस्पर्धा जनाउँदैछन् जसले उनीहरुको रगतमै ‘खेलाडी’ को शीप छ भन्ने भनाइ पनि चर्चामा ल्याइरहेको छ ।

फ्रान्सका जुडुवा स्वीमिङमा अब्बल छन् भने अष्ट्रियाका दिदीबहिनी ‘डुएट सिन्क्रोनाइज्ड स्वीमिङ’मा र अष्ट्रेलियाका दिदीबहिनी जोडी पनि विभिन्न खेलमा सहभागी छन् ।

स्पेनको पुरुष बास्केटबलतर्फका दाजुभाइ पाउ र ग्यासोलले तीनवटा एनबीए टाइटल हासिल गरिसकेका छन् । न्युजिल्यान्डका दाजुबहिनी जोडीले पनि आफ्नो क्षेत्रको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

कसरी हुन्छ यस्तो ?
यसको स्पष्ट जवाफ कसैसँग छैन । तर, यी मध्ये धेरै खेलाडीहरुले आफ्नो जीवन यात्राबारे बताउँदा आफ्ना दाजु, भाइ या दिदी, बहिनीबाट प्रेरित भएर नै खेलप्रति रुची जागेको र मैदानमा खेल्न सुरु गरेको बताउने गरेका छन् । त्यस्तै कतिपयका चाहिँ अभिभावक नै पूर्वखेलाडी हुने हुँदा छोराछोरीलाई सानैदेखि प्रशिक्षण दिने गरेको पनि पाइएको छ। सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *