बलिउड अभिनेत्री शिल्पा सेट्टीका पती राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो।
प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण रहेको र कुन्द्राले गत फेब्रुअरी दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको थियो । प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए।
हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले बताएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका हुन।






