Home / Politics / रेशम चौधरीलाई कार्यकारिणी सदस्यबाट हटाइएको छैन – जसपा

रेशम चौधरीलाई कार्यकारिणी सदस्यबाट हटाइएको छैन – जसपा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले रेशम चौधरीलाई कार्यकारिणी सदस्यबाट नहटाएकाे जनाएकाे छ। चौधरीले आफू ‘हेडकान्ट’ मा तटस्थ रहेपनि जसपामा नै बस्ने बताएकाले उनलाई कार्यकारिणी सदस्यबाट नहटाइएकाे नेता डम्मर खतिवडाले जानकारी दिए ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चाैधरीलाई कार्यकारिणी सदस्यमा अनुमाेदन गरेकाे छ ।

“रेशम चौधरीलाई लिएर हिजो विभिन्न प्रकारका भ्रमहरू आएका थिए। आजको बैठकमा ती भ्रमहरूको खण्डन गरियो। उहाँले भोट हाल्दा (हेडकाउन्ट) तटस्थ बसेपनि आफू जसपामा नै रहने बताउनुभएकाले उहाँलाई कार्यसमिति सदस्यमा अनुमोदन गरिएकाे छ,” उनले भने।

आजको बैठकले पार्टीको नियमावली पनि पारित गरेको छ ।

उनका अनुसार आजको बैठकमा सरकारमा सहभागी हुनेबारे सैद्धान्तिक छलफल भएको छ । तर, कसलाई सरकारमा पठाउने भन्नेबारे केही छलफल नभएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *