चितवन : चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको छ। निकुञ्जको आसपास क्षेत्रमा भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा आपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ। मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए।






