Home / Politics / आज पनि जसपाको विवादबारे सुनुवाइ हुँदै

आज पनि जसपाको विवादबारे सुनुवाइ हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुँदै छ। अहिले बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सचिव सुरेश अधिरकारीले जानकारी दिए।

आजै बहस सकिएर केही आदेश हुन सक्ने उनको भनाइ छ। “आज ११ बजेबाट सुनुवाइ छ। सम्भवतः दुवैतिरको बहस आजै सकिन्छ होला। दुवै पक्षको समय डेढ–डेढ घण्टा दिइएको छ। त्यसो गर्दा करिब साढे तीन घण्टा बहस हुन्छ होला। आज केही आदेश आउन सक्छ,” आयोगका सचिव सुरेश अधिकारीले भने।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलासमा बहस हुनेछ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो। उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ। जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *