जनकपुर – जयनगर रेलको परिक्षण संचालन आइतबार हुने
जनकपुर: बिगत लामो समय देखी बन्द रहेको जनकपुर – जयनगर रेल आइतबार परिक्षण संचालन हुनेछ। संचालनपूर्वको तयारी मा रहेको उक्त रेल सेवा प्रतिघन्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने र टेस्टका क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने समेत जानकारी गरीएको छ ।
तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनी हलिमिटेड महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन। सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी दिएका छन ।
भट्टराईका अनुसार आइतवार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ द्वारा स्पिड टेस्ट गरिने र उक्त स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा शुरक्षा महत्वपूर्ण रहने भएकाले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाइ ट्रयाकमा मान्छे , गाइ भैंसी चौपाया , साइकल मोटरसाइकल , बालबच्चा नछोड्न र ट्रयाकबाट दुरी कायम गरिदिन अनुरोध गरेका छन ।

