Home / Politics / सर्वोच्चले दिएको परमादेशको समय मंगलबार ५ बजे सकिदैं , शेरबहादुर देउवा आजै प्रधानमन्त्री बन्ने

सर्वोच्चले दिएको परमादेशको समय मंगलबार ५ बजे सकिदैं , शेरबहादुर देउवा आजै प्रधानमन्त्री बन्ने

काठमाडौं- सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश को समय आज साँझ ५ बजे सकिँदैछ ।

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री बन्नेछन् । सर्वोच्चले देउवाको पक्षमा फैसला सुनाएसँगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

देउवाले राष्ट्रपति बिध्या देबी भन्डारीले तोकेको समयभित्रै जेठ ७ गते १४ ९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेकाता पनि देउवाको दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन् ।

त्यसकाविरुद्ध देउवाको नेतृत्वमा प्रतिनिधि सभाका १४६ सांसद सहीत अन्य रिट पनि दायर भएका थिए । १४६ जनाको रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै रिटमा माग भए बमोजिम सोमबार अदालतले परमादेश जारी गरे सँगै देउवाको भाग्य खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की , मीरा खड्का , ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले यस्तो आदेश गरेको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *