Home / Society / बलत्कारको आरोपमा रौतहटमा काङ्रेश नेता पक्राउ

बलत्कारको आरोपमा रौतहटमा काङ्रेश नेता पक्राउ

काठमाडौं : बलत्कार गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीबिरुद्ध स्थानिय एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि कुश्वाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ३ दिन अघि ती महिला बलत्कृत भएको बुझिएको छ।

कुश्वाहालाइ जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपीत कुश्वाहाले ३ दिन अगाडी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका र बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिइ आवस्यक अनुसन्धान सुरु गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *