Home / Sports / कोपा अमेरीका फुटबलमा पेरुलाइ हराउँदै कोलम्बीया तेश्रो

कोपा अमेरीका फुटबलमा पेरुलाइ हराउँदै कोलम्बीया तेश्रो

एजेन्सी : कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया जित हासिल गरेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ४५ औं मिनेटमा योशीमार योटुनले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाए ता पनि अन्ततः कोलम्बियाले बाजी मारेको छ।

४९औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै कोलम्बियालाई लयमा फर्काएका थिए पनि ६६ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता लिएको थियो ।खेलको ८२ औं मिनेटमा जियान्लुका लापाडुलाले गोल गर्दै पेरुलाई बराबरीमा ल्याएता पनि धेरै समय टिक्न सकेन।

अन्ततः खेलको ९० + ४ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बीयाको जित निस्चित गराएका थिए। कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *