फिलिपिन्समा आइतबार बिहान सैनिक जहाज दुर्घटनाग्रस्त भएको छ । सेना बोकेको उक्त जहाज फिलिपिन्सको दक्षिण भेगमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यम हरुले जनाएका छन।
विमानमा ८५ जना सवार रहेको र जस मध्ये १५ जनाको उद्दार गरिएको उल्लेख छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र दुर्घटना भए लगत्तै विमानमा आगो लागेको बताईएको छ ।
दुर्घटना भएको स्थान राजधानी मनिलाबाट १००० किलो मिटरको दुरीमा भएको बताईएको छ । दुर्घटना बारे थप विवरण आउँन बाँकि रहेको रोएटर्सले जनाएको छ।






